यूपीएससी परीक्षा उत्तीर्ण रोहित साहलाई शुभकामना

कालचिनी: हेमिल्टनगञ्ज निवासी रोहित साहले हालै यूपीएससी परीक्षा उत्तीर्ण गरेको चर्चाले तिनलाई शुभाकामना दिनेहरुको होड़ लागिरहेको क्रममा आइतबार कालचिनी र हेमिल्टनगञ्ज साथै जयगाउँ क्षेत्रका समाजसेवीहरुले रोहित साहलाई उनको वासस्थानमा पुगेर शुभकामना प्रदान गरेको समाजसेवी रञ्जित घोषले जनाएका छन्l समाजवसेवी पूर्णमान राई, पासाङ शेर्पा, रञ्जित घोष र विनय नार्जीनारी एवं अन्यान्य समाजसेवीहरुले रोहित साहलाई खदा र फूलको गुच्छा दिएर शुभकामना व्यक्त गरेको थियो।

यस क्रममा रोहित साहले कालचिनी हेमिल्टनगञ्ज मात्र नभएर सम्पूर्ण अलिपुरद्वार जिल्लाको सुनाम गरेको समाजसेवी रञ्जित घोषले बताएका छन्। चियाबारी बाहुल क्षेत्रको सामान्य स्कूलहरुमा माध्यमिक उच्चमाध्यामिक पढ़ेर नै कलेज बाहिर गर्दै दिल्लीमा बसेर यूपीएससी परीक्षा उत्तीर्ण गर्न सक्षम युवक रोहित साहले चाँढ़ै इन्फोर्समेन्ट विभागमा नियुक्ति पाउने बताइएको छ।

About Author

Advertisement