चेतेश्वर पुजारा जस्तो लामो ईनिंग्स खेल्ने अष्ट्रेलियाई ब्याटर लाबुशेनको इच्छा

IMG-20241120-WA0272

होबार्ट: अष्ट्रेलियाई ब्याटर मार्नस लाबुशेन भारतीय पेस बलरहरूलाई थकित पार्न लामो ईनिंग्स खेल्न चाहन्छन्, जस्तो गत २ वटा बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजमा भारतका चेतेश्वर पुजाराले खेलेका थिए। पुजाराले २०१८-१९-मा ४ वटा टेस्ट म्याचको ७ वटा ईनिंग्समा १२५८ बल खेलेर ३ वटा शतक लगाएका थिए। उनी भारतको जीतको सूत्रधारहरूमा एक थिए। उनले २०२०-२१-को सीरीजमा पनि ९२८ बल खेलेका थिए, जुन त्यस सीरीजमा कुनै पनि ब्याटरले खेलेको सर्वाधिक बल थियो। त्यस सीरीज जीतमा पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। लाबुशेनले भने, यो सीरीज हाम्रो निम्ति महत्त्वपूर्ण छ। लामो समयसम्म टिकेर खेल्दा हामी आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न सक्छौं। दोस्रो र तेस्रो स्पेलको निम्ति उनीहरूलाई फेरि बलिंग गर्न लगाउन अनि दबाउ सृष्टि गर्न के गर्नु पर्नेछ भन्ने हामीलाई थाहा छ। ५ वटा टेस्ट म्याचको सीरीजमा यस्तो गर्नु जरूरी हुन्छ कारण पूरा सीरीजमा उनीहरूले एउटै टीम खेलाए बलरहरूले १००, १५० या २०० ओभर गरिसकेका हुन्छन्। यसले धेरै फरक पर्छ। पुजाराले यसअघि हाम्रो टीमविरुद्ध त्यही गरेका थिए। अष्ट्रेलियामा जसप्रीत बुमराहको साथमा मोहम्मद सिराज, हर्षित राणा, प्रसिद्ध कृष्णा र नीतिश कुमार रेड्डीले भारतीय पेस आक्रमणलाई सम्हाल्नेछन्। यसमा तीनजना पेस बलरको यो पहिलो अष्ट्रेलिया यात्रा हो। मध्यम तेज गतिका बलर लाबुशेनले नेट अभ्यासको अवधि कप्तान प्याट कमिन्स र पेस बलर मिचेल स्टार्कलाई धेरै बाउन्सर गरे। उनले भने, मलाई बलिंग गर्नु राम्रो लाग्छ। यसैकारण बाउन्सर गरे। सीरीजको अवधि मौका पाए अवश्यै बलिंग गर्नेछु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement