बेहुलीझै सिँगारिएको धार्मिक पर्यटकीयस्थल झापाको दोमुखा

IMG-20241120-WA0271

सुरुङगा: झापाको कनकाई(माई) नदी किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखालाई यतिबेला बेहुली झैँ सिँगारिएको छ। पहाडको फेदमा रहेको यो क्षेत्र जिल्लाको आकर्षक पर्यटकीय गन्तव्य मध्येको एक हो। आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्न रु ४५ हजार लागतमा उक्त स्थललाई तीन सय वटा विभिन्न रङका छाताले बेहुलीझैँ सिँगारिएको छ।
शिवसताक्षी नगरपालिका–१० मा पर्ने दोमुखा पूर्वपश्चिम राजमार्गकनकाई (माई) पुलबाट उत्तर तीन किलोमिटरमा अबस्थित छ। धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित दोमुखामा नवदम्पतीको फोटो खिच्न, विभिन्न म्युजिक भिडियो, चलचित्र छायाङ्कन र टिकटक बनाउन आउनेहरू पछिल्लो समय बढेको दोमुखा पर्यटन विकास समितिका अध्यक्ष धनप्रसाद लावतीले बताए। “हामीले पर्यटन प्रवर्द्धन गर्न वर्षैँपिच्छे नयाँ योजना कार्यान्वयन गरेका छौँ”, उनले भने, “पर्यटकको मनोभावना बुझेर त्यहीअनुसारका संरचना निर्माण गरेका हौँ ।सीजनमा यहाँ बन् भोज खान आउने समूहहरुको बाक्लो उपस्थिति हुने गरेको छl ”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement