क्याप सिक्किमले दिए साकेवा पर्वको हार्दिक शुभकामना

sentinelassam-english_2024-03_5240f6c7-2e2d-4de2-b461-31c59ed40e3c_images___2024_03_28T124243_126

गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले सम्पूर्ण राई/खम्बु समुदाय र सिक्किमका जनतामा साकेवा (उभौली) पर्वको हार्दिक शुभकामना व्यक्त गरेको छ। प्रकृतिप्रति श्रद्धा र मानवताप्रति माया, स्नेह र आदरको भावनाले भरिएको साकेवा पर्व सबैका लागि शान्ति, समृद्धि र खुशियाली ल्याओस् भन्ने क्यापले कामना पनि गरेको छ।
क्याप सिक्किमले विज्ञप्तिमा भनेको छ, साकेवा पर्व प्रकृतिप्रति श्रद्धा र आभार व्यक्त गर्दै समृद्धि र शान्तिको कामना गर्ने विशेष पर्व हो। यो पर्वले हाम्रो सांस्कृतिक परम्परालाई संरक्षण गर्नुका साथै विभिन्न जातजाति र समुदायबीचको सद्भाव र एकताको प्रतीक पनि हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement