नयॉं दिल्ली: देशका छवटा राज्यमा आज बिहान सात बजीदेखि मतदान शुरू भएको छ। आज महाराष्ट्रमा विधानसभा चुनाउका सबै २८८ र झारखण्डमा विधानसभा चुनाउको दोस्रो चरणमा ३८ सीटमा मतदान भइरहेको छ।यसैगरी, उत्तर प्रदेश, पंजाब, केरला र उत्तराखण्डका १५ विधानसभा सीटमा आज उपचुनाउ भइरहेको छ। महाराष्ट्रको नान्देड़ लोकसभा सीटमा उपचुनाउ भइरहेको छ। यसमा उत्तर प्रदेशमा नौ सीट, पंजाबमा चार सीट, केरलामा एक र उत्तराखण्डमा एक सीटमा मतदान शुरू भइसकेको छ।