खेचीपेरी झीलमा मुख्यमन्त्रीले गरे पूजा

n63999181117320919846331fd3b35de221ddeed868a36ea012e6bd782c2c29ac11b9a42d54265e182a71dc

गेजिङ: मुख्यमन्त्री प्रेमसिंह तामाङ र उनकी धर्मपत्नी कष्ण राईले आज बुधवार बिहान पवित्र खेचीपेरी झीलको दर्शन गरी पवित्र स्थलमा पूजा-प्रार्थना गर्दै राज्य र राज्यवासीहरूको समृद्धि अनि कल्याणको कामना गरे।
आफ्नो भ्रमणको क्रममा मुख्यमन्त्री तामाङले खेचीपेरी झील प्रबन्धन कमिटीका सदस्यहरूसॅंग अन्तरक्रिया गर्दै पारिस्थितिक रूपमा महत्त्वपूर्ण र आध्यात्मिक रूपमा सम्मानित स्थलको कामकाजको बारेमा जानकारी लिए। कमिटीका सदस्यहरूले झीलको प्राचीन प्रकृतिलाई बचाइराख्न उठाइएका विभिन्न उपायहरूको बारेमा मुख्यमन्त्रीलाई जानकारी गराए।
मुख्यमन्त्रीले स्थानीय समुदायहरूसॅंग पनि कुराकानी गरेका थिए। उनले मानिसहरूका चिन्ताहरूलाई गम्भीरतापूर्वक सुनेर त्यसलाई सम्बोधित गर्न आफ्नो तर्फबाट सहयोग प्रदान गरे। यस भ्रमण अवधि मुख्यमन्त्रीको साथमा मन्त्रीगण, विधायकगण, अध्यक्ष र सल्लाहकारगण, मुख्यमन्त्रीका राजनीतिक सचिव, प्रेस सचिव, जिल्लाका वरिष्ठ अधिकारीहरू तथा अन्यहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement