गान्तोक: पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले किराँत समुदायको महान् पर्व साकेवाको पावन अवसरमा राज्यवासीलाई मंगलमय शुभकामना व्यक्त गरेका छन्।चामलिङले आज जारी एक विज्ञप्तिमा लेखेका छन्, ‘किराँत समुदायका मानिसहरूले साकेवा पर्व परम्परागत भेषभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामुहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने परम्परा रहेको छ। साकेवा पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ। यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने परम्परा रहेको छ।’