ब्यूनस आयर्स: अर्जेण्टिनाले गत म्याचको हारलाई भुलेर फिफा वर्ल्ड क्वालीफायरको दक्षिण अमेरिकी चरण (कनमेबोल)-मा रोमाञ्चक जीत हासिल गऱ्यो। यसबीच ब्राजील चाहिँ लगातार दोस्रो म्याचमा ड्र-मा रोकियो। वर्तमान वर्ल्ड च्याम्पियन अर्जेण्टिनाले मंगलवार राति खेलिएको म्याचमा पेरुलाई १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ७४ प्रतिशत खेल्ने अर्जेण्टिनाई टीमबाट एकमात्र गोल लौटारो मार्टिनेजले ५५औं मिनटमा गरे। उनले दिग्गज लियोनल मेस्सीको एसिस्टमा गोल गरे। यस रोमाञ्चक जीतपछि अर्जेण्टिना १२ वटा म्याचमा २५ पोइण्ट्सको साथ दक्षिण अमेरिकी ग्रुपको शीर्ष स्थानमा कायम रह्यो। यसरी ब्राजीललाई उरुग्वेले १-१-को ड्र-मा रोक्यो। म्याचको मध्यान्तरसम्म कुनै गोल भएन। त्यसपछि आफ्नो होम ग्राउण्डमा ६२ प्रतिशत पोजेशनको साथ खेल्ने ब्राजीलले गोल खायो। फेडेरिको भाल्भर्देले ५५औं मिनटमा उरुग्वेलाई बढ़त दिलाए। ब्राजीलले पनि ६२औं मिनटमा गेरसनले दिलाएको गोलको सहायताले म्याच १-१-को बराबरीमा पुऱ्यायो। रहल समयमा ब्राजीलले लगातार आक्रमण गरे पनि गोल गर्न सकेन। यस ड्र पछि उरुग्वे २० पोइण्ट्सको साथ दोस्रो अनि ब्राजील १८ पोइण्ट्सको साथ पाँचौं स्थानमा रहन पुग्यो। चिलीले पनि एक समय २-१-ले पछाड़िएपछि भेनेजुएलालाई ४-२-ले पराजित गऱ्यो। होम ग्राउण्डमा ६२ प्रतिशत पोजेशनको साथ खेल्ने चिलीबाट लुकास सेपेडाले ३८औं र ४७औं मिनटमा २ गोल गरे। यसबाहेक इक्वेडोरले दशजना खेलाड़ीमा सीमित भए पनि कोलम्बियाविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट एकमात्र गोल एनर भेलेन्सियाले सातौं मिनटमा गरे। इक्वेडरका डिफेण्डर पिएरो हिनसापीलाई ३४औं मिनटमा रेड कार्ड देखाइयो। अहिले .यी दुई टीमसँग १९-१९ पोइण्ट्स रहेको छ तर गोल अन्तरको आधारमा इक्वेडर तेस्रो अनि कोलम्बिया चौथो स्थानमा रहेको छ। यसबीच बोलिभिया र प्याराग्वेबीच खेलिएको म्याच २-२-ले ड्र रह्यो।