हारको साथ समाप्त भयो महान रफायल नडालको करियर

IMG-20241120-WA0123

मलागा: रफायल नडालले डेविस कपको म्याचमा हारको साथ मंगलवार टेनिस खेलबाट सन्न्यास लिए। यसको साथै टेनिस जगतमा एउटा स्वर्णिम युगको पनि अन्त भयो। स्पेनका दिग्गज खेलाड़ी ३८ वर्षीय नडाल डेविस कपको क्वार्टर फाइनल चरणअन्तर्गत पुरुष एकलको म्याचमा नीदरल्याण्डका बोटिक भान डे जेण्डशुल्पविरुद्ध पराजित भए। म्याचमा नडाललाई डच खेलाड़ीले सीधा सेटमा ६-४, ६-४-ले पराजित गरे। यसरी जेण्डशुल्पविरुद्ध म्याच नडालको करियरको अन्तिम म्याच साबित भयो। पलासियो डि डिपोर्टेस जोस मारिया मार्टिन कारपेन स्टेडियममा नडाललाई भव्य विदाई दिन समर्थकहरू ग्रेसियस राफा लेखिएको पोस्टरहरू लिएर आएका थिए। डेविस कपमा यो नडालको २००४ पछि पहिलो हार हो। नडालको हारसँगै नीदरल्याण्डले स्पेनलाई २-१-ले पराजित गरी सेमिफाइनलमा स्थान बनायो। २२ पल्टका ग्राण्ड स्ल्याम विजेता नडालले गत २३ सालमा एउटा असाधारण र ऐतिहासिक करियरको आनन्द लिए। नडालले मलागामा आफ्नो सम्मानमा आयोजित समारोहको अवधि भने, म मनको शान्तिको साथ टेनिसबाट बिदा लिइरहेको छु। मैले एउटा विरासत छोड़ेको छु अनि यसमा म खुशी छु। यो केवल खेल नभएर एउटा व्यक्तिगत विरासत हो। मलाई कोर्टमा मात्र नभएर सर्वत्र माया र समर्थन प्राप्त भयो अनि मलाई आफ्नो उपलब्धिहरूमाथि गर्व छ। नडालले धेरै मानिसहरूलाई श्रेय दिए, जसले उनलाई सहायता गरे। यसमा उनका काका टोनी नडाल पनि सामेल छन्। टोनीले नै नडाललाई टेनिस खेल अप्नाउन प्रेरित गरेका थिए। नडालले वाल्यकालमा अधिकांश नै आफ्नो काकाको मार्गदर्शनमा अभ्यास गरेका थिए। नडालले भने, मेरो निम्ति खिताब केवल एउटा संख्या हो। म आफ्नो खिताबको संख्याले गर्दा नभएर एकजना असल मानिसको रूपमा चिनिन चाहन्छु। मालोर्काको एउटा सानो गाउँबाट आएको केटा एकजना असल मानिस हुन् भनेको सुन्न चाहन्छु। म भाग्यशाली थिएँ कारण वाल्यकालमा मैले काकाको रूपमा एकजना प्रशिक्षक पाएँ। मसँग एउटा महान परिवार थियो, जसले मलाई सदा समर्थन गरे। मैले आफ्नो सपनाहरूलाई साकार गरे अनि म अहिले खुशी छु। नडाललाई मलागामा एउटा भावुक भीडियोको माध्यमले बिदाई दिइयो। भीडियोमा उनका पूर्व प्रतिद्वन्द्वी रोजर फेडरर, नोवाक जोकोविच, एण्डी मर्रे, सेरेना विलियम्स र अन्य टेनिस स्टारहरूको साथमा राउल र आन्द्रेस इनियेस्ता जस्ता दिग्गज फूटबलरहरूले नडालको निम्ति सन्देश दिएका थिए। रफयल नडालले आफ्नो करियरमा जम्मा २२ वटा ग्राण्ड स्ल्याम खिताब जिते। यसमा उनले फ्रेञ्च ओपनमा मात्र १४ पल्ट खिताब जितेका थिए, जुन वर्ल्ड रेकर्ड हो। रोलाँ ग्यारोको रातो माटोमा असाधारण रेकर्डले गर्दा नै नडाललाई क्ले कोर्टको बादशाह पनि भनिन्छ। यसबाहेक उनले यूएस ओपनमा ४ पल्ट खिताब जितेका थिए। अष्ट्रेलियन ओपन र विम्बल्डनमा पनि उनी २-२ पल्ट च्याम्पियन भएका थिए। गत केही सालदेखि उनलाई चोटले सताएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement