नयाँ दिल्ली: भारतविरुद्ध ५ वटा म्याचको बोर्डर गावस्कर ट्रफी टेस्ट सीरीज अघि अष्ट्रेलियाई क्रिकेट जगतमा पेस बलर जसप्रीत बुमराहलाई लिएर खलबली शुरु भएको छ। अष्ट्रेलियाका आक्रामक ब्याटर ट्रेविस हेडले बुमराहलाई ‘एक्स फ्याक्टर’ जबकि पूर्व पेस बलर ब्रेट ली-ले बिरालो चालमा आएर आफ्नो काम फत्ते गर्ने बलर बताएका छन्। बुमराहले शुक्रवारदेखि शुरु हुने पहिलो टेस्ट म्याचमा कप्तानी पनि गर्नेछन्। सत्तरको दशकमा वेष्ट इण्डिजको पेस आक्रमणपछि पहिलोपल्ट कुनै पेस बलरले अष्ट्रेलियाई ब्याटरहरूका सातो खाएका छन् अनि यस कुरासँग अष्ट्रेलियाई मीडिया पनि अवगत छ। बुमराहले गत दुईवटा अष्ट्रेलिया यात्रामा ३२ विकेट लिएका थिए, जसमा २०१८ को बक्सिंग डे टेस्ट म्याचको ६ विकेट पनि सामेल छ। हेडले भने, कुनै पनि सतहमा बुमराहको सामना गर्नु असम्भव जस्तो लाग्छ। उनी सदा तपाईंभन्दा एक कदम अघि रहेका हुन्छन्। खेलको कुनै पनि प्रारूपमा उनी असाधारण छन्। उनी एक्स फ्याक्टर हुन् अनि हरेक म्याचमा आफ्नो छाप छोड़्छन्। उनी सबैभन्दा ठूलो म्याचको खेलाड़ी हुन्। यसपाली उनको सामना गर्न हामी रोमाञ्चित छौं। बुमराहको बलिंग एक्शन पारम्परिक छैन अनि ब्रेट ली-ले ठट्टा गर्दै भने, उनी बिरालोको चालमा आउँछन् अनि आफ्नो हिस्साको विकेट लैजान्छन्। उनी उदेगलाग्दो तर प्रभावशाली बलर हुन्। ब्याटर उस्मान ख्वाजाले भने, मैले पहिलोपल्ट बुमराहको सामना गर्दा मलाई उनी अचानक कहाँबाट आए जस्तो लाग्यो। उनको एक्शन र बल छोड़्ने तरिका अलग छ। यसैकारण शट् खेल्नु सजिलो हुँदैन। मिचेल जनसन जस्तो। यसपाली पाँचवटा टेस्ट म्याचमा पनि उनी आफ्नो प्रभाव छोड्न चाहन्छन् अनि हामी पनि उनको चुनौती स्वीकार्न तयार छौं।