गान्तोक: बहुप्रतीक्षित मुख्यमन्त्री स्वर्ण कप टुर्नामेन्ट २०२५ आगामी मकर संक्रान्तिको चाडसॅंगै जोरथाङ खेलमैदानमा हुने जानकारी मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सोशियल मिडिया फेसबुक पोस्टमा गराएका छन्।मुख्यमन्त्रीले उक्त प्रतिष्ठित टुर्नामेन्ट जनवरी २०२५ को पहिलो सातादेखि शुरू हुने जानकारी गराएका छन्। यसका साथै उनले उक्त टुर्नामेन्ट अब ‘मुख्यमन्त्री खुल्ला स्वर्ण कप टुर्नामेन्ट’ को नामले चिनिने पनि जानकारी गराएका छन्।