गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले किरात राई जातिको पावन पर्व ‘उधौलीं’ साकेवाको अवसरमा सिक्किमवासीहरू, विशेषगरि राई समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।राज्यपालले सबैलाई एकजुट बनेर आफ्नो समाज र संस्कृतिको रक्षा र संवर्धन गर्न संकल्प लिने आह्वान गरेका छन्। उनले अझ भने, ‘हाम्रो परम्परा र रीति-रिवाजहरूले हामीलाई हाम्रो जरासॅंग जोड्छ र हामीलाई एउटा बलियो अनि समृद्ध समाजतिर अग्रसर गराउॅंछ।’ यस पर्वले सबैको जीवनमा खुशी, समृद्धि र शान्ति लिएर आओस् भनी उनले कामना गरेका छन्।