नाम्ची: नाम्ची जिल्लाको सरकारी विद्यालयमा भर्खरै सञ्चालित दशौं श्रेणीको प्रि-बोर्ड परीक्षाको रिजल्टबारे समीक्षा गर्न आज नाम्ची गर्ल्स सिनियर सेकेण्डरी स्कूलमा डाकेको एक बैठकले आगामी कार्यक्रमबारे छलफल गरेको छ। शिक्षा विभागीय अधिकारीहरुको उपस्थितिमा भएको बैठकमा गान्तोक मुख्यालयका अधिकारीहरु पनि उपस्थित थिए। बैठकले जिल्लाअन्तर्गतका सबै ग्राम विकास केन्द्रका सहायक निर्देशकहरू, सबै सेकेण्डरी सर सिनियर सेकेण्डरी स्कूलका प्रमुखहरुले दशौं श्रेणीमा गणित र विज्ञान विषय़ पढाउने शिक्षकहरूसंग छलफल गरेको थियो। बैठकले पछिलो प्रि-बोर्ड परीक्षाको विश्लेषण गरेको थियो। साथै सबैलाई विद्यार्थीहरुको हितमा काम गर्ने आह्वान गरिएको थियो। शिक्षा विभागीय अधिकारी अनुग्रह राईले प्रि-बोर्ड परीक्षामा फेल भएका विद्यार्थीहरूमा बढी ध्यान केन्द्रित गर्न र स्कूलहरूलाई पूर्ण सहयोग सुनिश्चित गर्ने कुरामा सुझाउ दिएकी थिइन्।