मत्स्यपालनमा उत्पादकता बढाउन प्रविधिको उपयोग जरूरीः कृषि मन्त्री

IMG-20241119-WA0295

पाकिम: भारतीय कृषि अनुसन्धानले केन्द्रीय इन्स्टिच्युट अफ फ्रेश वाटर एक्वाकल्चरको सहकार्यमा आज पाकिम जिल्लामा मत्स्यपालन सम्बन्धमा वैज्ञानिक एक्वाकल्चर र तालिम कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रममा कृषि, बागवानी, पशुपालन तथा भेटेरिनरी सेवा तथा मत्स्यपालन विभागीय मन्त्री पुरणकुमार गुरुङ मुख्य अतिथि थिए। आफ्नो सम्बोधनमा मन्त्रीले माछापालनको उन्नत प्रविधि अप्नाउन माछापालकहरुलाई प्रोत्साहित गर्नुका साथै माछापालनमा उत्पादकत्व र दिगोपना बढाउन प्रविधिको भूमिकाबारे प्रकाश पारे। उनले आर्थिक सशक्तीकरण र जीविकोपार्जनको माध्यमका रूपमा मत्स्यपालन क्षेत्रको विकासलाई प्रोत्साहन गर्न सरकारको प्रतिबद्धतामा जोड दिए। मन्त्रीले केन्द्रीय प्रायोजित योजनाहरू जस्तै प्रधानमन्त्री मत्स्य सम्पदा योजनाको उपयोग गर्न प्रोत्साहन गरे। उनले कृषक समुदायका लागि आर्थिक लाभको प्रभाव सिर्जना गर्न ग्रामीण उद्यमशीलतामा माछापालन खेतीलाई एकीकृत गर्ने महत्त्वमा पनि जोड दिए। उनले माछापालनलाई आम्दानीको स्रोतका रूपमा मात्र नभई भावी पुस्ताले पनि अपनाउन सक्ने दिगो व्यवसायका रूपमा लिने सल्लाह पनि दिए। उनले सिक्किममा एक्वाकल्चरलाई अगाडि बढाउन आईसीएआरको पनि सराहना गरे। स्रोतवक्ताका रूपमा प्रमुख वैज्ञानिक डा. सुभेन्दु अधिकारीको पनि उपस्थिति रहेको थियो। एक्वाकल्चर डेभलप्मेन्ट गतिविधि सिक्किमको संयोजक डा अजमल हुसेन र वैज्ञानिक शेल्बी मन्डोरले केन्द्रीययोजनाहरुबारे प्रकास पारे। मत्स्यपालन विभागीय अधिकारी कृष्णप्रसाद शर्माले सिक्किमको मत्स्यपालन क्षेत्र र प्रधानमन्त्री मत्स्यसम्पदा योजना र मुख्य मन्त्री मत्स्यउत्पामदन योजना जस्ता बिभिन्नश योजनाहरूको कार्यान्वयनको बारेमा पनि विस्तृत जानकारी गराए। कार्यक्रममा किसान क्रेडिट कार्डको वितरण पनि गरिएको थियो। ५० जना माछा कृषकलाई माछाको दाना र बीउ पनि वितरण गरिएको थियो। कार्यक्रममा एक अन्तरक्रियात्मक सत्र पनि आयोजित गरियो। जसले प्रगतिशील कृषकहरूलाई माछापालनमा आफ्ना अनुभवहरू साझा गर्ने अवसर दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement