सोरेङ: मलबाँसेको डन बस्को स्कूलमा राज्य सरकारको महिला एवं बाल विकास विभागसँगको सहकार्यमा बेटी बढ़ाओ बेटी बचाओको विषयमा एउटा सचेतना कार्यक्रम आयोजना गरियो। कार्यक्रममा जिल्लापाल धीरज सुवेदी मुख्य अतिथि रहेका थिए भने विद्यालयका विद्यार्थी अनि शिक्षक-शिक्षिकाहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल सुवेदीले भारत सरकारको महत्वाकांक्षी योजना बेटी बढओ बेटी बचाओ अभियानबारे जानकारी गराए। यसको साथै लैङ्गिक समानता र लैङ्गिक न्यायबारे पनि विद्यार्थीहरूलाई जानकारी गराए। कार्यक्रममा महिला एवं बाल विकास विभागका विभिन्न अधिकारीले बालिकाहरूको उत्थान र कल्याणका निम्ति भारत सरकार र सिक्किम सरकारले कार्यान्वयन गरेका विभिन्न योजना बारे जानकारी गराए।