गान्तोक: नेपालको मेची नेत्रालयमा उपचार, शल्यक्रिया गर्न लगिएका नेत्र रोगीहरूको नामथाङ रातेपानी समष्टिका विधायक तथा सल्लाहकार सञ्जित खरेल स्वयंले हेरचाह गरिरहेका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङको ‘स्वस्थ सिक्किम’ परिकल्पना साकार पार्न विधायक सञ्जित खरेलले आफ्नो समष्टिका नेत्र रोगीहरूलाई मेची नेत्रालयमा निशुल्कः शल्यक्रिया तथा उपचार गराउने व्यवस्था मिलाएका छन् भने सोमबार प्रस्थान भएका बिरामीहरूको आज सकुशल शल्यक्रिया सम्पन्न भएको छ।
उल्लेखनीय छ, उपचार साथै शल्यक्रियाका क्रममा लाग्ने सबै खर्च विधायक खरेलले बेहोर्ने छन् भने आवश्यक सबै प्रावधान विधायकले निशुल्कः मिलाइदिएका छन्। आज मेची नेत्रालय पुगेर विधायक स्वयंले बिरामीहरूको स्थितिको जायजा लिए भने अस्पतालका सम्बन्धित पक्षसँग पनि परामर्श गरे। विधायकसँग उनकी धर्मपत्नी आसा खरेल पनि सामेल थिइन् भने पार्टी कार्यकर्ताहरू पनि शिविरलाई सफल बनाउनमा लागि परिरहेका छन्।
गरिबी रेखा मुनि परिवार सदस्यका रोगीहरूलाई निशुल्कः स्वास्थ्य जाँच गराउने मुख्यमन्त्री प्रेमसिंह तामाङको पहललाई अघि बढाउँदै विधायक सञ्जित खरेलेले समष्टिका आँखा रोगीहरूका लागि निशुल्कः जाँच तथा शल्यक्रिया शिविरको आयोजना गरेका हुन्। यसका लागि नेत्ररोगीहरू साथै उनीहरूका अभिभावकले क्षेत्र विधायक सञ्जित खरेल तथा उनकी धर्मपत्नी आशा खरेलप्रति कृतज्ञता प्रकट गरेका छन्।