पेस्तोल र कारतूससहित एक जना पक्राउ

Screenshot_20241119_213741_WhatsApp-1

सिलगढी: बागडोग्रामा फुलबारीका एक युवकलाई बन्दुकसहित पक्राउ गरिएको छ। मंगलबार साँझ बागडोग्रा जंगलीबाबा मोड क्षेत्रबाट सादा पोशाकमा आएका युवकलाई बागडोग्रा पुलिस चौकीले पक्राउ गरेको छl पक्राउ परेका युवकको नाम मोहम्मद कमिरुल बताइएको छ। उनी फुलबारीको जयदेवविटाका बासिन्दा हुन्। युवक मंगलबार बिहारबाट नक्सलबारी रोड हुँदै बागडोग्रातर्फ मोटरसाइकल लिएर आउँदै थिए। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा बागडोग्रा पुलिस थानाको प्रहरीले बागडोग्रा जंगलीबाबा मोर क्षेत्रमा एम्बुस गरेको थियो। युवकले उक्त क्षेत्रमा मोटरसाइकल रोकेर खोजी गर्दा उनको साथबाट एक थान देशी पेस्तोल र एउटा नयाँ कारतूस बरामद भएको थियो। पुलिसले तत्काल युवकलाई पक्राउ गरी बागडोग्रा पुलिस चौकीमा ल्याएको थियो। आरोपीलाई भोलि सिलगढी सब डिभिजनल अदालतमा पठाइनेछ। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement