४०औं गवर्नर्स गोल्ड कपः रोमाञ्चक जीतको साथ सेमिफाइनलमा पुग्यो चेन्नईयन फूटबल क्लब

IMG-20241119-WA0288

गान्तोक: सिक्किम फूटबल एसोसिएशन (एसएफए)-को आयोजनमा जारी प्रतिष्ठित गवर्नर्स गोल्ड कप फूटबल टुर्नामेण्टको ४०औं संस्करणमा मंगलवार चेन्नईयन फूटबल क्लबले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा प्रवेश गऱ्यो। गान्तोक (सिक्किम)-को पाल्जोर स्टेडियममा आज खेलिएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा चेन्नईयन फूटबल क्लबले नेपालको चर्च बोयज युनाइटेडविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट एकमात्र गोल विशाल आर-ले ८७औं मिनटमा दर्ता गरे। उनलाई प्लेयर अव् द म्याच चयन गरियो। चार सालको ब्रेकपछि शुरु भएको गवर्नर्स गोल्ड कपको ४०औं संस्करणमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। यसमा चारवटा विदेशी टीम: ट्रान्सपोर्ट युनाइटेड फूटबल क्लब (भूटान), रोयल फूटबल क्लब (यूएई), केडीएन एफसी (मलेशिया) र चर्च बोयज युनाइटेड (नेपाल) सामेल छन्। यसको साथमा सिक्किम पुलिस एफटी, कालीघाट एमएस, आर्मी (रेड), खावज्वाल भेंगथार एफसी (मिजोरम), जीटीए इलेभेन (दार्जीलिङ), गान्तोक हिमालयन फूटबल क्लब (सिक्किम), पञ्जाब पुलिस एफटी, चेन्नईयन एफसी (आर), गोकुलम केरला एफसी, नर्थईष्ट युनाइटेड एफसी (आर), सुदेवा एफसी (दिल्ली) र डायमण्ड हार्बर एफसी-को टीम सामेल छन्। फाइनल २४ नोभेम्बरमा खेलिनेछ।
भोलिको म्याच (पहिलो सेमिफाइनल):
गोकुलम केरल फूटबल क्लब बनाम नर्थईष्ट युनाइटेड एफसी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement