सातजना विद्यार्थीहरूको निलम्बनमाथि हाई कोर्टको रोक

Calcutta_highcourt

कोलकाता: उत्तरबंग मेडिकल कलेजका सातजना विद्यार्थीहरू तथा जुनियर डाक्टरहरूको सस्पेन्शनमाथि काेलकत्ता हाई कोर्टले रोक लगाइदिएको छ। मंगलवार हाई कोर्टले फसेला सुनायो, कलेज प्रशासनद्वारा दिइएको यी विद्यार्थीहरूलाई निलम्बन गर्ने आदेश हाल प्रभावी हुनेछैन।
यसको साथै बुधवारदेखि यी विद्यार्थीहरू आफ्नो कक्षामा उपस्थित हुन सक्नेछन् र परीक्षामा पनि बस्नसक्नेछन्।हालैमा ‘धम्की संस्कृति’ (थ्रेट कल्चर)- को आरोपको कारणले कलेज प्रशासनले यी विद्यार्थीहरूलाई सस्पेन्ड गरिदिएको थियो। आरोप थियो, यी विद्यार्थीहरूले कलेजमा भयको वातावरण सृजना गरे। यसैको आधारमा कलेज प्रशासनले उनीहरूलाई सस्पेन्ड मात्र नगरेर उनीहरूलाई परीक्षा बस्नदेखि पनि रोक लगाइदिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement