इम्फाल(मणिपुर): जिरीबाम जिल्लामा सीआरपीएफको साथ भिड़न्तमा मारिएका १० संदिग्ध कुकी उग्रवादीहरूलाई श्रद्धाञ्जलि दिन सोमवार राज्यको चुराचान्दपुरमा कफिन (शवपेटी) ऱ्याली निकालियो।
यस ऱ्यालीमा कुकी संगठनहरूका प्रतिनिधिहरू उपस्थित थिए। यसमध्ये अधिकांश मानिसहरूले कालो लुगा लगाएका थिए। यिनीहरूले मारिएका संदिग्ध उग्रवादीहरूप्रति सम्मान प्रकट गर्नको निम्ति डमी ताबूत लिएर ऱ्यालीमा भाग लिए। उल्लेख्य, मारिएका संदिग्ध उग्रवादीहरूको शव अहिलेपनि स्थानीय अस्पतालको मुर्दाघरमा छ। जोमी छात्र संघ (जेडएसएफ), कुकी छात्र संगठन (केएसआ) र मार छात्र संघ (एचएसए) ले सोमवार एक संयुक्त सावर्जनिक नोटिसको माध्यमले स्कूलहरू र कलेजहरूलाई कक्षा १० देखि माथिका विद्यार्थीहरूलाई कालो शर्ट लगाएर यस कार्यक्रममा भाग लिनुको निम्ति पठाउने निर्देश दिएका थिए।