श्रीलंकाको प्रधानमन्त्रीमा हरिणी अमरसूर्या नियुक्त

00-1-Harini-Amarsurya

हरिणी अमरसूर्यालाई श्रीलंकाको नयाँ प्रधानमन्त्री पदमा नियुक्त गरिएको छ। यो पदमा पुग्ने उनी श्रीलंकाकी तेस्रो महिला नेता हुन्। दुई महिनाअघि श्रीलंकामा बनेको अन्तरिम सरकारमा पनि उनी प्रधानमन्त्री पदमा थिइन्।  प्रधानमन्त्री बनेकी हरिणी अमरसूर्याले सन् १९९१ देखि १९९४ सम्म दिल्ली विश्वविद्यालयको हिन्दू कलेजमा अध्ययन गरेकी थिइन्। उनले पाँच वर्षअघि मात्रै राजनीतिमा प्रवेश गरेकी हुन्। श्रीलंकामा १४ नोभेम्बरमा संसदीय चुनाव भएको थियो। जसमा राष्ट्रपति अनुराकुमार दिसानायकेको गठबन्धन नेकपा विजयी भएको थियो। सरकारले सोमबार नयाँ मन्त्री परिषद गठन गरेको छ। राष्ट्रपति सचिवालयमा राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मन्त्री परिषदका सदस्यहरुलाई सपथ गराएका हुन्। यस मन्त्री परिषदमा राष्ट्रपतिसहित २२ सदस्य छन्। मन्त्री परिषदमा  २ महिला र २ तमिल सांसद पनि परेका छन्। श्रीलंकाको संविधानअनुसार क्याबिनेट मन्त्रीको संख्या ३० र उपमन्त्रीको संख्या ४० भन्दा बढी हुन पाइँदैन। दिसानायकेले सरकारको खर्च घटाउन मन्त्री परिषद सानो राखेका छन्।

अमरसूर्या श्रीलंकामा प्रधानमन्त्री हुने तेस्रो महिला हुन्। उनीअघि सिरीमाओ बन्दरनायके (३ पटक) र चन्द्रिका कुमारतुंगा (१ पटक) देशका महिला प्रधानमन्त्री भइसकेका छन्। सन् २०२० मा हरिणी अमरसूर्या पहिलो पटक सांसद बनेकी थिइन्।राजनीतिमा आउनुअघि अमरसूर्या श्रीलंका ओपन युनिभर्सिटीमा प्राध्यापक थिइन्। अमरसूर्याको जन्म मध्यम वर्गीय परिवारमा भएको थियो। उनका बुबा चिया बगानका मालिक थिए। सन् १९७२ मा श्रीलंकामा भूमि सुधार ऐन लागू भयो। यसमा अमरसूर्याका बुवाको चिया बगान सरकारले कब्जा गरेको थियो। त्यसपछि उनी गालेबाट कोलम्बो आएर बसे।

सन् १९८८-८९ मा श्रीलंकामा तमिल आन्दोलनका कारण स्थिति हिंसात्मक बनेको थियो। यस अवधिमा विद्यालय र कलेजहरू बन्द थिए। यस्तो अवस्थामा हरिणी अमरसूर्या थप अध्ययनका लागि भारत आइन्। यहाँ उनले दिल्ली विश्वविद्यालयको हिन्दू कलेजमा भर्ना भएकी थिइन्। १९९१ देखि १९९४ सम्म उनले समाजशास्त्र अध्ययन गरेकी थिइन्। भारतबाट फर्केपछि, अमरसूर्याले स्वास्थ्यसँग सम्बन्धित एनजीओमा सामेल भइन्, जहाँ उनले सुनामीबाट प्रभावित बालबालिकालाई सहयोग गरे। केही वर्षपछि उनी पीएचडी पढ्न अष्ट्रेलिया गइन्। त्यहाँबाट फर्किएपछि उनी २०११ मा कलेजमा प्रोफेसर भइन्। अमरसूर्याले सन् २०१५ मा सरकारविरुद्धको आन्दोलनमा भाग लिएकी थिइन्। यही क्रममा उनी दिसानायकेसँग सम्पर्कमा आइन्। उनी सन् २०१९ मा आफ्नो पार्टी जनता विमुक्ति पेरामुनामा सामेल भइन्। सन् २०२० मा संसदीय चुनाव जितेर उनी पहिलो पटक सांसद बनेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement