तीनधारेको क्रिकेट बजारमा एउटा घरमा आगलागी

WhatsApp-Image-2024-11-19-at-19.56.30

तीनधारे: तीनधारेको क्रिकेट बजारमा एउटा घरमा आगो लागेर जलेको छ। आगलागीको घटना चाल पाउनसाथ स्थानीय गाउँलेहरू सबै मिलेर आगोलाई निभाएर नियन्त्रणमा ल्याएको जानकारी प्राप्त भएको छ।‌ प्राप्त जानकारी अनुसार मंगलबार बिहान ११ बजेतिर तीनधारेको क्रिकेट बजारमा आरती खड्काको घरमा आगलागीको घटना भएको थियो।

उक्त आगलागीमा आरती खड्काको तीनवटा रुमहरु भएको घरमा एउटा कोठा जलेको र अन्य कोठाहरुमा आगो फैलिन नदिनलाई स्थानीय गाउँलेहरू सबै मिलेर आगोलाई नियन्त्रणमा ल्याएको जानकारी प्राप्त भएको छ।‌ उक्त आगलागीमा परेर एउटा कोठामा राखिएको लुगाहरु र केही सर सामानहरु जलेको साथै सबैले मिलेर घरको सामानहरु निकालेको जानकारी स्थानीय सञ्जीव मंगरले दिएका छन्। गाउँलेहरुले सहयोगमा‌ सबै घर जल्नदेखि बाँचेको र एउटा कोठा जलेको कारणले नोक्सान भएको बताइएको छ।‌ उक्त आगलागी घटनास्थलमा तीनधारे पुलिस आउट पोष्टको बढाबाबु उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement