गुवाहाटी(असम): स्पेशल टास्क फोर्स (एसटीएफ) असमको टीमले मंगलवार राजधानीको वशिष्ठ थानान्तर्गत लताकाटाबाट एकजना ड्रग्स तस्करलाई पक्राउ गरेको छ। जसको कब्जाबाट २३.५४ ग्राम हेरोइन पनि जफत गरिएको छ।
पक्रा पर्ने तस्करको पहिचान मेघालयको पिलिंगकाटा निवासी जोन मार उपनाम एलेक्सको रूपमा भएको छ। आरोपी एलेक्सबाट प्लास्टिकको एउटा साबुनदानीमा भरेर राखिएको १३.१३ ग्राम हेरोइन तथा एउटा मोबाइल फोन जफत गरियो। त्यसपछि जाँचबुझको आधारमा पिलिंगकाटास्थित उसको भाड़ाको घरमा खानतलासी गर्दा प्लास्टिकको एउटा साबुनदानीमा १०.४१ ग्राम हेरोइन भेटियो। मोठ २३.५४ हेरोइन, एउटा मोबाइल फोन र एउटा स्कुटी टीमले जफत गरेको छ।