कोल इण्डिया लिमिटेड लण्डनमा ‘ग्रीन वर्ल्ड अवार्ड्स २०२४’द्वारा सम्मानित

00-1-CIL

नयाँ दिल्ली: कोइला मन्त्रालयको निकाय कोल इण्डिया लिमिटेड (सीआईएल)लाई कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) श्रेणीमा प्रतिष्ठित ग्रीन वर्ल्ड एनवाइरोनमेन्ट अवार्ड र ग्रीन वर्ल्ड एम्बासेडरको प्रतिष्ठित उपाधीबाट सम्मानित गरिएको छ। कोइला मन्त्रालय देशका व्यापक हितका लागि कोइला र अन्य खनिजहरूको खनन सम्बन्धी नीतिहरू र दिशानिर्देशहरू निर्धारण गर्न अग्रणी भूमिका खेल्दछ। यो प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार सीआईएललाई सीएसआर अन्तर्गत थैलेसीमिया बाल सेवा योजनामा गरेको सराहनीय कार्यको लागि दिइएको हो, जसअन्तर्गत स्टेम सेल प्रत्यारोपण (जसलाई बोन म्यारो ट्रान्सप्लान्ट (बीएमटी) पनि भनिन्छ) मार्फत ६०० भन्दा बढी थैलेसीमिया रोगीहरूलाई स्थायी उपचार दिइएको छ र तिनीहरूलाई नयाँ जीवन प्रदान गरिएको छ।

सीआईएल २०१७ मा देशभरि बीएमटी अपरेशनमार्फत थैलेसीमिया उपचारका लागि सीएसआर परियोजना शुरु गर्ने पहिलो सार्वजनिक क्षेत्रको उपक्रम बन्यो। यस योजनअन्तर्गत, सीआईएल बीएमटीको लागि १० लाख रुपियाँसम्मको वित्तीय सहयोग प्रदान गर्दछ। अहिले देशभरिका १७ प्रमुख अस्पतालहरूले यस थैलेसीमिया बाल सेवा योजनामा सहभागिता जनाएका छन्। सीआईएलका निर्देशक (कार्मिक/आईआर) विनय रन्जनले १८ नोभेम्बर २०२४ मा लण्डनको केन्सिङ्टन प्यालेसको द अरेन्जरीमा ग्रीन वर्ल्ड अवार्ड्स २०२४ प्राप्त गरे। यो पुरस्कार द ग्रीन अर्गनाइजेशनद्वारा प्रदान गरिएको हो, जसको स्थापना १९९४ मा भएको थियो र यो एक स्वतन्त्र, गैर-राजनीतिक, गैर-लाभकारी पर्यावरण समूह हो। यो संसारभरिका पर्यावरणीय सर्वोत्तम अभ्यास र सीएसआरलाई मान्यता, पुरस्कार र प्रवर्धन गर्ने उद्देश्यले समर्पित छ।

विनय रन्जनले पुरस्कार प्राप्त गर्दा भने, “यो पुरस्कार पर्यावरणको रक्षा गर्ने र आउने पुस्ताका लागि दिगो भविष्य सुनिश्चित गर्न हामी सबैलाई मिलेर काम गर्न प्रेरित गर्दछ।” सीआईएल आफ्नो सामाजिक उत्तरदायित्वमा सशक्त भूमिका निर्वाह गर्दै देशका सबैभन्दा बढी खर्च गर्ने कम्पनीहरू मध्ये एक हो। कोल इण्डिया ऊर्जा प्रदायकको रूपमा आफ्नो मुख्य भूमिकासँगै देशको सामाजिक विकासमा पनि योगदान पुर्‍याउँछ। सीआईएल भारतको कुल कोइला उत्पादनको ८० प्रतिशतभन्दा बढी उत्पादन गर्दछ र देशको कुल कोइला-आधारित बिजुली उत्पादनमा ७० प्रतिशतको योगदान पुर्‍याउँछ। कम्पनी कुल बिजुली उत्पादनमा ५५ प्रतिशतको योगदान गर्दछ र देशका प्राथमिक वाणिज्यिक ऊर्जा आवश्यकताहरूको ४० प्रतिशत पूरा गर्छ। सीआईएलले खानी क्षेत्रहरूमा हरित क्षेत्रको विस्तार, इको-पार्क र पर्यटन स्थलहरूको निर्माण, र लाखौं ग्रामीणलाई घरेलु र कृषि उपयोगका लागि खानीको पानी उपलब्ध गराउने लगायतका पर्यावरण सुधारका लागि विभिन्न उपायहरू अपनाएको छ। कोइला मन्त्रालयको तत्वावधानमा कोल इण्डिया लिमिटेडलाई सीएसआर श्रेणी (इन्धन, बिजुली र ऊर्जा)मा प्रतिष्ठित ग्रीन वर्ल्ड पर्यावरण पुरस्कार र ग्रीन वर्ल्ड एम्बेसडरको उपाधी प्रदान गरिएको छ। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement