अलिपुरद्वार: भारतका पूर्व प्रधानमन्त्री स्वर्गीय इन्दिरा गान्धीको १७८औँ जन्मजयन्तीको अवसरमा जिल्ला कांग्रेसले शिरीष मैदानमा इन्दिरा गान्धीको प्रतिमामा माल्यार्पण गरेर उहाँलाई श्रद्धाञ्जली अर्पण गरेको छ। यस अवसरमा यहाँ दिनभर विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूले स्वर्गीय इन्दिरा गान्धीको जीवनी र देशको विकासका लागि उहाँका उल्लेखनीय कार्यहरू प्रकाश पारेका थिए।

यसका साथै आज नगरपालिकाका विभिन्न वार्डमा पनि इन्दिरा गान्धीको जन्मजयन्ती पूर्ण सम्मानका साथ मनाइएको छ।