खोरीबारी: खोरीबारीको पानीटङ्कीको गगरुजोतमा लागुऔषध बेच्न आएका एक व्यक्तिलाई गाउँलेहरूले रंगेहात पक्राउ गरेका छन्। व्यक्तिको साथबाट १३२ ग्राम ब्राउन सुगर बरामद भएको छ। अभियुक्तको नाम हमजा शेख हो। उनी मालदाको वैष्णवनगरका बासिन्दा हुन्। खोरीबारीको गगरुजोतमा ब्राउन सुगर दिने क्रममा दुईजनाबीच झगडा भएको बताइएको छ। स्थानीयले थाहा पाएपछि लागुऔषध कारोबारीलाई पक्राउ गरेका थिए।

खबर पाएलगत्तै खरीबारीको पानीट्याङ्क थानका पुलिस र एसएसबीका जवान घटनास्थल पुगेका थिए। त्यसपछि उक्त व्यक्तिको खोजी गर्दा उनको साथबाट १३२ ग्राम ब्राउन सुगर बरामद भएको थियो। त्यसपछि पुलिसले उनलाई पक्राउ गरी खोरीबारी पुलिसको जिम्मा लगाएको थियो। आरोपीलाई भोलि सिलगढी अदालतमा पेश गरिनेछ।