भाजपाका सांसद मनोज टिग्गाले पीएफ लिएर दिए चेतावनी

IMG-20241119-WA0240

जलपाईगढी: मंगलबार भाजपाका सांसद मनोज टिग्गा जलपाईगढीको पीएफ कार्यालयमा गएर पीएफ अधिकारीहरूलाई कडा चेतावनी दिएl चिया बगानका श्रमिकहरूको भविष्य निधिको पैसा बिचौलियाहरूको हातमा जानु हुँदैन भन्ने कुरा उनले राखे। यस सन्दर्भमा अलिपुरद्वार लोकसभा क्षेत्रका भाजपा सांसद मनोज टिग्गाले भने, “म आफैं एक चिया बगान मजदुरको छोरो हुँ, त्यसैले म कुनै पनि बगान मालिक वा बिचौलियालाई चिया बगानमा श्रमिको पीएफ पैसा चोर्न कहिल्यै दिनेछैन।” सोही क्रममा सांसदले गरेको गुनासोलाई मध्यनजर गर्दै सञ्चय कोषका अधिकृतले अहिले सबै काम अनलाइन पोर्टलमा भइरहेको र त्यसबाट उपभोक्ताले आफैं लगइन गरी सञ्चय कोष दाबी गर्नसक्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement