सिलगढीमा अवैध निर्माण विरुद्ध निगमको अभियान जारी

IMG-20241119-WA0236

 सिलगढी: सिलगढीमा मंगलबार फेरि अवैध निर्माणको विरुद्धमा सिलगढी थानाको कालाहाटी बजारमा छापा मारेर अवैध निर्माण भत्काइएको छ। उनीहरुले कालाहाटी बजारका विभिन्न पसल अगाडि अवैध रुपमा कास्टिङ गरी कारोबार गरिरहेको बुझिएको बताइएको छ। व्यवसायीलाई बजार समितिले पटकपटक जानकारी गराए पनि मानेनन्। आज सबै अवैध निर्माण भत्काइएको छ। कुनै सूचना नदिई आज कारबाही गरिएको व्यवसायीले बताएका छन्। व्यापारीले राखेका पेष्टी हटाउने, अवैध निर्माण भत्काए पनि बजार समितिका सदस्यले केही नगरेको उनको गुनासो छ।

यसैबीच बजार समितिका तर्फबाट मदनकुमार गुप्ताले सडकमा अवैध निर्माण भएको बताउँदै यसबारे बजार समितिले व्यापारीलाई जानकारी गराए पनि प्रशासनले तत्कालै कारबाही गरेको बताए। यस सम्बन्धमा उपमेयर रञ्जन सरकारले सरकारी जग्गामा अवैध निर्माण गरे कारबाही गरिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement