जुवा खेल्ने आठ जना पक्राउ

IMG-20241119-WA0218-copy

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको प्रधान नगर थाना क्षेत्रको चम्पासरी क्षेत्रमा रहेको अबु तल्हा आलमको घरमा सात जना जुवा जुवा खेलिरहेका थिएl भीडभाड हुने जुवा खेलिरहेको ठाउँमा पुलिसले अचानक छापा मारेको थियो। प्रधाननगर पुलिस चौकीको अपराध नियन्त्रण शाखालाई गोप्य स्रोतबाट जुवा खेल्ने जानकारी प्राप्त भएको थियो। त्यसैको आधारमा पुलिसले छापा मारेर ८ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुको नाम मोहम्मद अमजद, सदरी आलम, मोहम्मद मुस्तकीम, अबु तलहा आलम, मोहम्मद मोस्ताक, नौशादंग खान, धीरज पटेल र विश्वजित विश्वास बताइएओ छ। पक्राउ पर्नेमा अधिकांश बिहारका बासिन्दा रहेका छन्। पक्राउ परेकाहरुको खोजीका क्रममा करिब ३८ हजार रुपियाँ, कार्ड, मरक्सीको बोतल र आठ वटा मोबाइल बरामद भएको छ। पक्राउ परेकाहरुलाई आज सिलगढी अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement