चोरीको मामिलामा आसूका छात्र नेता पकाउ

IMG-20241104-WA0112

गुवाहाटी(असम): गुवाहाटीको सोनपुर पुलिसले चोरीको मामिलामा अल असम स्टुडेण्ट यूनियन (आसू)- का एकजना छात्र नेतालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी कामरूप जिल्लाको छात्र संगठन आसूका सल्लाहकार रहेको बताइएको छ।
सोनपुरको सरूटारी क्षेत्रमा रेलवे लाइनको काममा व्यवहार गरिरहेको एक मिक्सिंग मशिनलाई गत ७ नोभेम्बरमा चोरी गरिेएको थियो। यस घटनाको सम्बन्धमा मशिनका मालिकद्वारा सोनपुर थानामा प्राथमिकी दर्ता गरिएको थियो।
उक्त मशिनलाई एक वाहन (एएस-०१ एनसी-४९१४)- को माध्यमबाट ल्याइएको थियो। मशिन चोरी मामिलामा पुलिसले आसूका छात्र नेता अनवर खानलाई पक्राउ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement