नयाँ दिल्ली: खराब फर्मसँग जुझिरहेकी शीर्षक्रमकी ब्याटर शेफाली वर्मालाई दिसम्बरमा अष्ट्रेलियामा ३ वटा वनडे म्याचको सीरीजको निम्ति भारतको १६ सदस्यीय टीममा स्थान प्राप्त भएन जबकि हरलीन देयोल टीममा फर्किएकी छन्। २० वर्षीय शेफालीले यस साल ६ वटा म्याचमा केवल १०८ रन बनाएकी छन् अनि उनको सर्वोच्च स्कोर ३३ रन रहेको छ। यसरी हरलीन लगभग एक सालपछि भारतीय टीममा फर्किएकी छन्। उनले भारतको निम्ति आफ्नो अन्तिम वनडे म्याच ३० दिसम्बरमा अष्ट्रेलियाविरुद्ध नै वानखेड़ेमा खेलेकी थिइन्। शेफालीलाई गत वर्ष दिसम्बरमा अष्ट्रेलियाविरुद्ध घरेलु वनडे सीरीजको अवधि बीचमै बाहिर गरिएको थियो तर उनले यस साल जूनमा बेंगलुरुमा दक्षिण अफ्रिकाविरुद्ध टीममा स्थान बनाएकी थिइन्। शेफालीले जुलाई २००२-मा श्रीलंकाविरुद्ध अविजित ७१ रन बनाएपछि वनडेमा एउटा अर्द्धशतक पनि बनाएकी छैनन्। गत महिना न्यूजील्याण्डलाई अहमदाबादमा २-१-ले पपराजित गर्ने भारतीय टीममा सामेल रहने उमा छेत्री, डी हेमलता, श्रेयांका पाटिल र सायली सतघारेलाई पनि टीममा स्थान प्राप्त भएन। यसरी हरलीन, रिचा घोष, मिन्नू मनी, टिटास साधू र प्रिया पूनिया टीममा फर्किएकी छन्। अष्ट्रेलिया यात्रामा भारतको पहिलो वनडे म्याच ५ दिसम्बरमा रहेको छ। त्यसपछि रहल दुईवटा वनडे म्याच क्रमशः ८ र ११ दिसम्बरमा रहेको छ।
भारतीय महिला वनडे टीम यसप्रकार छः
हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धना, प्रिया पूनिया, जेमिमा रोड्रिग्स, हरलीन देयोल, यास्तिका भाटिया, रिचा घोष, तेजल हसाबनिस, दीप्ति शर्मा, मिन्नू मनी, प्रिया मिश्रा, राधा यादव, टिटास साधू, अरुन्धति रेड्डी, रेणुका सिंह ठाकुर, साइमा ठाकोर