खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङको सिन्कोना बगान गण्टी डाँडामा अवस्थित सार्वजनिक भवनमा हाम्रो पार्टीको सांगठनिक सभा सम्पन्न भएको छ। उक्त कार्यक्रमको सभापतित्व शीतल राईले गरेका थिए भने सभालाई प्रणय तामाङ सञ्चालन गरेका थिए। उक्त सभाको मुख्य उद्देश्य सिटोड़ लाटपञ्चार समष्टिको गठन अनि युवा एकाईको गठन रहेको थियो। उक्त सभाको आयोजना गत जीटीए चुनावमा सिटोङ लाठपञ्जार समष्टीबाट हाम्रो पार्टीको प्रार्थी तीमोथी मुखिया साथै सम्पूर्ण हाम्रो पार्टीका प्रमुख सदस्यहरुद्वारा गरिएको थियो। कार्यक्रममा विशेष गरी केन्द्रीय समितिका सांगठनिक सचिव बिक्रमादि राई लगायत शहर समितिका प्रवक्ता नोरा सुब्बा अनि युवाहरुको उपस्थिति रहेको थियो।

खरसाङ महकुमाबाट एम एस शर्मा, एल्फ्रेड तामाङ, को-ओर्डिनेटर दिपक सुब्बा साथै अन्य सदस्यहरुको उपस्थिति रहेको थियो। सभामा सम्भाषणको क्रममा हाम्रो पार्टीका केन्द्रीय समितिका सांगठनिक सचिव बिक्रमादि राई अनि अन्यले आफ्नो वक्तव्यहरु राखेका थिए। सभालाई सम्बोधन गर्दै सांगठनिक सचिव बिक्रमादि राईले भने -जनताले अब दिने नेतालाई चुन्ने कि लिने नेतालाई सबै जनतामाथि निर्भर गर्छ भनी बताएका छन्। सभाको मध्यमा समर्थनको कार्यक्रमलाई अघि बढाउँदै सिटोड़ लाटपञ्चार समष्टिको हात दह्रिलो बनाउन उक्त सभामा अप्पर तुरुकका महिला दिदी बहिनीहरुले आज हाम्रो पार्टीमा पार्टीको झण्डा थापी समर्थन जनाएका छन्।

यसको साथै समष्टि गठनको घोषणासंग-संगै युवा एकाईको गठन पनि गरियो। समष्टिको सभापतिको रुपमा तीमोथी मुखिया, उप-सभापति पेम्बा डुक्पा,सचीव अमोद आले, सह-सचिव समीर तामाङ, कोषाध्यक्ष शीतल राई, प्रमुख सल्लाहकार – अशोक राई, प्रवक्ता प्रणय तामाङ, सांगठनिक सचिव दिपेन राई साथै समष्टिका कार्यकारिणी सदस्यहरुमा कुमार थापा,राजु राई, एन टके गिरी, ओमेन्द्र तामाङ, बुद्धबीर तामाङ, बिबेक राई, कुशल राई, शक्ति गुरुङ, प्रणेश खवास, सरोज लिम्बु, दिलबहादुर मंगर, गीता राई, बिष्णु राई, निमा डोमा शेर्पा अनि अन्यलाई चयन गरिएको छ।यसको साथमा हाम्रो पार्टी-लाई बलियो बनाउन युवा एकाई “हाम्रो युवा”-को पनि गठन गरिएको जानकारी प्राप्त भएको छ।