धनकुटा: धनकुटाको महालक्ष्मीमा रुख लडेर किच्दा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका २ का जनक मगर रहेका छन्।
रुख काट्ने क्रममा रुख लडेर किच्दा मगरको मृत्यु भएको र घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाको टोली पुगी मुचुल्का उठाउने कार्य भइरहेको प्रहरी इन्स्पेक्टर बिष्णु खड्काले जानकारी दिएका छन्।