सिलगढी: पुलिसले फेरि अवैध पशु तस्करीलाई विफल बनाएको छ। ४५ वटा गाई बचाउनुका साथै २ जनलाई पक्राउ गरेको छ। खोरीबारीको बतासीमा गाईवस्तु बोकेको लरी पनि नियन्त्रणमा लिएको छ। पुलिसले नाका चेकिङका क्रममा दुईवटा शंकास्पद लरीलाई रोकेर खोजी गर्दा लरीभित्र ४५ वटा गाई भेटियो। सवारी चालकले वैध कागजात नलिई गाई ओसारपसार गरिरहेका थिए। त्यसपछि पुलिसले सवारी साधन नियन्त्रणमा लिएर चालक मोहम्मद युनिस र मोहम्मद तैमुरलाई पक्राउ गर्यो। पक्रा परेका व्यक्ति बिहारको कटिहारका बासिन्दा रहेको बताइएको छ। पक्राउ परेकाहरुलाई आज सिलगढी डिभिजनल अदालतमा पेश गरियो। बिहारबाट गाई चोरेर ट्रकमा तस्करी गर्ने योजना थियो कि भनेर पुलिसले अनुसन्धान शुरु गरेको छ।