पाथीभरा मन्दिरमा अक्टूबर १५ देखि नवंबर १५ सम्म ३७ लाख माथि भेटी सङ्कलन भएको सार्वजनिक

IMG-20241119-WA0204

फुङलिङ: ताप्लेजुङ को पाथीभरामा अक्टूबर १५ देखि नवंबर १५ सम्ममा मात्रै ३७ लाख ४४ हजार ७ सय ५० रुपैयाँ भेटी सङ्कलन भएको छ। आर्थिक वर्ष सुरु भएयता यो सबैभन्दा बढी रकम हो।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार सो अबधिमा ६१ हजार १ सय ७३ तीर्थयात्री पाथीभरा पुगेका थिए पाथीभरामा तीर्थयात्रीले चढाएको भेटी रकम कर्मचारीले सङ्कलन गर्ने गरेका छ।
त्यही रकम सदरमुकाम फुङलिङ ल्याउने र गणना गरेर बैङ्कमा जम्मा गर्ने गरिन्छ। गणना सकिएपछि समितिले हरेक महिनाको भेटी सार्वजनिक गर्दै आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement