शान्तिपाडा क्षेत्रमा एक महिलाको शव फेला, श्रीमान पक्राउ

IMG-20241119-WA0225

सिलगढी: भक्तिनगर थाना अन्तर्गत शान्तिपाडा क्षेत्रमा एक महिलाको लाश फेला परेपछि क्षेत्रमा सनसनी मच्चिएको छ। मृतक महिलाको नाम डली दास हो। यस घटनामा पुलिसले महिलाका श्रीमान सन्तोष रायलाई पक्राउ गरेको छ।प्राप्त जानकारी अनुसार डोली र सन्तोषको करिब ८ वर्षअघि विवाह भएको थियो। दुवैको एक सन्तान पनि छन्। बिहेदेखि नै सन्तोषले श्रीमती डलीसँग कुटपिट र झगडा गर्ने गरेको आरोप छ। सोमबार पनि सन्तोषले श्रीमतीलाई कुटपिट गरेका थिए । जसका कारण डली आफ्नो मामाघर आइन्। पछि डली सन्तान लिन शान्तिपाडास्थित श्रीमानको घर गएकी थिइन्। यसपछि साँझ आमाबुवाले डोलीको मृत्युको खबर पाए। पछि यो जानकारी भक्तिनगर पुलिस थानालाई दिइएको थियो।

खबर पाएलगत्तै भक्तिनगर थानाको पुलिस घटनास्थलमा पुगेर डोलीको शव निकालेर पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज अस्पताल पठाएको थियो। सोही क्रममा मृतकका श्रीमान् पक्राउ परेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement