झारखण्डको चुनावअघि पश्चिम बंगालको सीमा क्षेत्रमा व्यापक सतर्कता

IMG-20241119-WA0186-copy

सिलगढी: झारखण्डमा नोभेम्बर २० मा दोस्रो चरणको चुनाव हुँदैछ। झारखण्डमा शान्तिपूर्ण निर्वाचन गराउन एकातिर निर्वाचन आयोग चुनावी तयारीमा जुटेको छ भने अर्कोतर्फ पश्चिम बंगालको सीमामा सघन खोजी अभियान शुरु गरिएको छ। आपराधिक तत्वहरूलाई ध्यानमा राखेर झारखण्ड र पश्चिम बंगालसँग जोडिएको सीमानाकामा सवारीसाधनको खोजी भइरहेको छ। दुवै देश र प्रदेशको सिमाना जोडिएको हुनाले निर्वाचनका बेला अपराधीले अराजकता मच्चाउन सक्छन्, त्यसलाई ध्यानमा राखेर पुलिसले खोजी गरिरहेको छ। बंगालबाट झारखण्ड जाने चार  चक्के सवारीसाधन, अटोमोबाइल र बसलगायतका विभिन्न सवारीसाधनलाई पुलिसले चेकजाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement