वीरपाडा: आज माक्रापाडा त्रिवेणी संघको आयोजनामा माक्रापाडामा “बस अनि चित्र बनाउ “ कार्यक्रम सम्पन्न भयो। जहाँ विभिन्न स्कूलमा अध्यानरत अनेकौं साना-साना बाल बालिकाहरूले उत्साहका साथ भाग लिएका थिए भने सायद थापा र साहिल थापाको पर्यवेक्षणमा भएको थियो। कार्यक्रममा भाग लिने सम्पूर्ण बाल-बालिकाहरूलाई शिक्षण सामाग्री वितरण गरियो भने उत्कृष्ट चित्र कलाकारहरूलाई विशेष पुरस्कार प्रदान गरियो। आजको कार्यक्रममा त्रिवेणी संघका सम्पूर्ण सदस्यगणको उपस्थिति रहेको थियो।