काठमांडू: सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुर सारङ्गी’ले डायस्पोरामा समेत उछाल कमाइ गरिरहेको छ। विजय बराल स्टारर फिल्मले अमेरिकामा एकपछि अर्को कीर्तिमान रचिरहेको छ।
वितरण कम्पनी नेपाल इलेभेन इन्टरटेनमेन्टले अमेरिकामा प्रदर्शनको १० दिनसम्मको कलेक्सन सार्वजनिक गरेको छ। जसअनुसार फिल्मको कुल कलेक्सन ५ लाख डलर (करिब ६ करोड ७५ लाख रुपैयाँ) छ। फिल्म नोभेम्बर ८ मा रिलिज भएको थियो।