वान–सुटर रिभल्भर र कारतूससहित दुई जना पक्राउ

photocollage_20241119124146868-copy

सिलगढी: गोप्य सूचनाको आधारमा सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत मतिगढा थानाको पुलिसले अभियान चलाएर चाँदमणि चुम्टा ब्रिज क्षेत्रमा दुई शङ्कास्पद युवकलाई पक्राउ गरी खोजी गरेको छ। खोजीका क्रममा उनको साथबाट वान शुटर रिभल्भर र एक ताजा कारतूस बरामद भएको छ। पुलिसले दुवै युवकलाई घटनास्थलबाटै पक्राउ गरी पुलिस चौकीमा ल्यायो। पक्राउ पर्नेमा टाँसी तामाङ र हर्षकुमार तामाङ रहेका छन्।

टाँसी तामाङको घर जोरथाङ र हर्षकुमार तामाङको घर किशनगञ्जमा बताइएको छ। पक्राउ परेका दुवैजनासँग पुलिसले सोधपुछ गर्दा दुवै जना हतियार बेच्ने उद्देश्यले यहाँ आएको खुलेको छ। पक्राउ परेका दुई युवकले कसलाई हतियार बेच्न आएका थिए भन्नेबारे पुलिसले अनुसन्धान शुरु गरेको छ। मतिगढा पुलिस थानाले दुवै आरोपीलाई आज सिलगढी अदालतमा पेश गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement