राजबिराज: राजगढ गाउँपालिका-४ बाट सप्तरी १७ क्विन्टल ३६ किला गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ।
बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका-४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई सोमबार राति पक्राउ गरिएको हो।
कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार टिपर चेक जॉच गर्दा ५६ बोरा गाँजा फेला परेको हो। टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका-३ का ३३ वर्षीय यमजित राई पक्राउ परेका छन्। निजलाई आज अदातलमा पेस गरिएको छ। उनलाई हिरासतमा राखेर कारबाही अघि बढाउन प्रहरीले अदालतसँग अनुमति लिनेछ।