काठमांडू: राष्ट्र, राष्ट्रिय, धर्म र संस्कृति बचाउ महा अभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई प्रहरीले भक्तपुरस्थित उनकोनिजी निवासबाट पक्राउ गरेको हो।
केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे। ‘भर्खरै पक्राउ गरेर व्युरोतर्फ ल्याउँदैछौं। त्यसपछि थप अनुसन्धान गर्छौं,’ उनले भने, ‘सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ। त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं।’