आरसीबी-मा बलिंग प्रशिक्षकको जिम्मेवारी पाए ओंकार साल्वीले

IMG-20241119-WA0158

बेंगलुरु: आईपीएल फ्रेञ्चाइजी रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले ओंकार साल्वीलाई आफ्नो बलिंग प्रशिक्षक नियुक्त गऱ्यो। साल्वीको मार्गदर्शनमा मुम्बईले गत सीजनमा रणजी ट्रफी र ईरानी ट्रफीको खिताब जितेको थियो। घरेलु क्रिकेटमा लामो समयदेखि सक्रिय रहने साल्वीले यसअघि काेलकत्ता नाइट राइडर्स टीममा पनि सहायक प्रशिक्षकको रूपमा काम गरेका थिए। फ्रेञ्चाइजीद्वारा सोशल मीडियामा जारी बयानमा भनिएको छ, मुम्बईका वर्तमान मुख्य प्रशिक्षक ओंकार साल्वीलाई आरसीबी-को बलिंग प्रशिक्षक नियुक्त गरिएको छ। गत ८ महिनामा रणजी ट्रफी, ईरानी ट्रफी र आईपीएल विजेता टीमको हिस्सा रहने ओंकारलाई भारतको घरेलु सीजनमा आफ्नो जिम्मेवारी पूरा गरेपछि आईपीेल २०२५-को निम्ति आफ्नो टीममा सामेल गर्न पाउँदा हामी रोमाञ्चित छौं। रणजी ट्रफीको वर्तमान सीजन २३ जनवरीदेखि फेरि शुरु हुनेछ अनि टुर्नामेण्ट समाप्त भएपछि ओंकार आरसीबी-मा सामेल हुने सम्भावना छ। यसबीच उनले सैयद मुश्ताक अली टी२० टुर्नामेण्टमा पनि मुम्बई टीमलाई मार्गदर्शन गर्नेछन्। ओंकार पूर्व भारतीय क्रिकेट अविष्कार साल्वीका भाई हुन्। उनले २००५-मा रेलवेको निम्ति एकमात्र लिस्ट ए म्याच खेलेका थिए। उनको मुम्बई क्रिकेट संघ (एमसीए)-सँग मार्च २०२५-सम्मको अनुबन्ध रहेको छ। साल २००८-मा पहिलो सीजनदेखि निरन्तर खेल्ने आरसीबी-ले अहिलेसम्म आईपीएल खिताब चाहिँ जित्न सकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement