भारतलाई ड्र-मा रोक्न सफल भयो मलेशिया

IMG-20241119-WA0133

हैदराबाद: भारतीय पुरुष फूटबल टीमले साल २०२४-को अन्त कुनै जीत बिना गऱ्यो। सोमवार राति खेलिएको इण्टरनेशनल फ्रेण्डली म्याचमा मलेशियाले भारतलाई १-१-को बराबरीमा रोक्यो। यसरी नयाँ प्रशिक्षक मेनोलो मार्केजको मार्गदर्शनमा भारतीय टीमको निराशाजनक प्रदर्शनको क्रम जारी रह्यो। मेनोलोको कोचिंगमा भारतले यस साल ४ वटा म्याच खेलेर ३ वटा ड्र गरेको छ जबकि सीरियाविरुद्ध ०-३-ले हारको सामना गर्नु परेको थियो। फिफा ऱ्याङकिंगमा १२५औं स्थानमा रहने भारतसँग म्याच जित्ने मौका थियो तर गोलकीपर गुरप्रीत सिंहको लापरवाहीले गर्दा टीमले १९औं मिनटमै गोल खायो। गुरप्रीत आफ्नो इलाका छोड़ेर बक्सबाट बाहिर निस्किएका थिए। त्यही मौकामा पाउलो जोसुएले गोल गरी मलेशियालाई बढ़त दिलाए। त्यसपछि राहुल भेके-ले कर्नर किकमा गोल गरी भारतलाई १-१-को बराबरीमा पुऱ्याए। भेके-ले ब्रेण्डन फर्नाण्डीजको कर्नर किकमा हेडरद्वारा गोल गरे।

फिफा ऱ्याङकिंगमा १३३औं स्थानमा रहने मलेशियाविरुद्ध भारतले १२ वटा म्याच जितेको छ अनि १२ वटा म्याच हारेको छ। रहल ८ वटा म्याच ड्र रहेको छ। भारतीय टीमका अनुभवी डिफेण्डर सन्देश झिंगन चोटमुक्त भएर १० महिनापछि मैदानमा ओर्लिए। प्रशिक्षकको मुख्य भरोसा एकमात्र फरवर्ड इरफान येडवाड़ले चाहिँ आशानुरुप प्रदर्शन गर्न सकेनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement