पाकिस्तानविरुद्ध टी२० सीरीज ३-०-ले क्लीनस्वीप गर्न सफल भयो अष्ट्रेलिया

IMG-20241118-WA0292

होबार्ट: अष्ट्रेलियाले तेस्रो तथा अन्तिम टी२० इण्टरनेशनल क्रिकेट म्याचमा पाकिस्तानलाई ७ विकेटले पराजित गऱ्यो। यसको साथै अष्ट्रेलियाले ३ वटा टी२० म्याचको सीरीज ३-०-ले क्लीनस्वीप गऱ्यो। यसरी अष्ट्रेलियाले पाकिस्तानविरुद्ध वनडे सीरीजमा प्राप्त भएको हारको पनि हिसाब बराबर गऱ्यो। सोमवार होबार्टको बेलेरिव ओवल मैदानमा टस जितेर पहिला ब्याटिंग गर्दै पाकिस्तान १८.१ ओभरमा ११७ रन बनाएर अलआउट भयो। ओपनर बाबर आजमले जसोतसो ४१ रन बनाए पनि अन्य कसैले उनलाई साथ दिएनन्। बाबरले २८ बल खेलेर ४ वटा चौका लगाए। विकेटकीपर बसीबुल्लाह खानले २४ र शाहीन शाह अफरीदीले १६ रनको योगदान दिए। अष्ट्रेलियाई बलरहरूमा एरोन हार्डीले सर्वाधिक ३ विकेट लिए। जवाफमा अष्ट्रेलियाले ५२ बल बाँकी रहँदै ३ विकेटमा ११८ रनको लक्ष्यलाई हासिल गऱ्यो। केवल ३० रन भित्र दुवै ओपनर आउट भए पनि अलराउण्डर मार्कस स्टोइनिसले विध्वंशी मिजासमा खेल्दै अष्ट्रेलियालाई सजिलै जीत दिलाए। स्टोइनिसले ५ वटा छक्का र ५ वटा चौकाको साथ २७ बल खेलेर अविजित ६१ रन बनाए। यसबाहेक कप्तान जोश ईंग्लिशले २७ रनको योगदान दिए जबकि टिम डेविड ७ रनमा अविजित रहे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement