ईटानगर(अरुणाचल प्रदेश): अरुणाचल प्रदेशका राज्यपाल लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) केटी परनायकले सोमवार शि योमी जिल्लान्तर्गत मेचुखाको सामुदायिक स्वास्थ्य केन्द्रको दौड़ान गरे।
यस अवधि उनले चिकित्सा अधिकारीहरूए नर्सिंग अधिकारी तथा इनडोर वार्डहरूमा रोगीहरूसित बातचित गरे। उनले सीमावर्ती ग्रामीणहरूको लागि स्वास्थ्य सुविधाको उपलब्धताको पनि समीक्षा गरे।
राज्यपालले सन्बन्धित स्वास्थ्य केन्द्रहरूद्वारा त्रैमासिक इंडेंटको माध्यमबाट जीवनरक्षक औषधिहरूको आपूर्तिलाई सुव्यवस्थित बनाउनेमाथि बल दिए। उनले मेचुखाको स्वास्थ्य केन्द्रमा चिकित्सा अधिकारी एवं आवश्यक विशेषज्ञहरूको नियुक्तिको वाचा पनि गरे। उनले स्वास्थ्य अधिकारीहरूसित समर्पण भावले आफ्नो सेवा दिने आह्वान गरे।
राज्यपालले सीएचसी, मेचुखामा मान्यताप्राप्त सामाजिक स्वास्थ्य कार्यकर्ता (आशा) सित बातचित गरे। उनले महिला स्वयंसेवकहरूलाई समुदाय अनि सार्वजनिक स्वास्थ्य प्रणालीबीच एक सेतुको रूपमा काम गर्ने सल्लाह दिए। राज्यपालले आँगनबाडी कार्यकर्ताहरूसित पनि बातचित गरे।उनले उनीहरूलाई बाल-बालिकाहरूको स्वास्थ्य अनि पोषणमा सुधारको लागि प्रयास गर्ने, बाल-बालिकाहरूको शारीरिक, मनोवैज्ञानिक तथा भावनात्मक विकासमा सहायता गर्ने सल्लाह दिए।