गान्तोक: सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज सॉंझ केन्द्रिय कृषि एवं कृषक कल्याण राज्यमन्त्री रामनाथ ठाकुरसॅंग भेट गरे। केन्द्रिय राज्यमन्त्री तीन दिवसीय सिक्किम भ्रमणमा हिजो गान्तोक आइपुगेका हुन्।
केन्द्रिय राज्यमन्त्री ठाकुर आज उत्तर सिक्किमको मंगनमा आयोजित पूर्वोत्तर सम्पर्क सेतु कार्यक्रममा सहभागी बने।
सांसद सुब्बाले केन्द्रिय राज्यमन्त्रीलाई राजभवनमा भेट गरेको जानकारी विज्ञप्तिमा दिइएको छ। यस भेटको क्रममा सुब्बाले सिक्किममा कृषिको स्थिति र उत्तर सिक्किमलाई जोड्ने सडक मार्गको अवस्था लगायत अन्य विभिन्न विषयहरूको बारेमा ठाकुरसॅंग चर्चा गरे। उनले हालैमा उत्तर सिक्किमको भ्रमण गरेको जानकारी गराउॅंदै विशेष रूपमा राष्ट्रिय सुरक्षाको दृष्टिमा सडक मार्गहरूको महत्वमाथि बल दिए।
केन्द्रिय कृषि राज्यमन्त्री ठाकुरले राज्यको कल्याणको निम्ति यी विषयहरूलाई सम्बोधित गर्न आफ्नो तर्फबाट हर सम्भव समर्थन र सहायताको आश्वासन दिए।