राज्यपालले गरे तिमी चिया बगानको भ्रमण

n639752207173195149504216885583d3df172b04d8d1088ae2cb65c0c22248b517fd55a3855dfba4927043

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुर आफ्नो दुई दिवसीय नाम्ची जिल्ला भ्रमणको क्रममा आज तिमी चिया बगान पुगे।
उनले चिया पत्ती टिप्ने प्रक्रिया र यसको गुणवत्ता सुनिश्चित गर्ने प्रक्रियाको बारेमा जानकारी गराए। राज्यपाल स्वयंले पनि चियाको पत्ती टिपेर अनुभव बटुल्दै कर्मचारीहरूसॅंग कुराकानी गरे। यसपछि, राज्यपालले कारखाना र प्रसंस्करण एकाईको पनि भ्रमण गरे। यहॉं अधिकारीहरूले चिया प्रसंस्करणको समग्र प्रक्रियामाथि एक पावरपोइन्ट प्रस्तुति दिए।

यस क्रममा राज्यपाललाई चियाको टर्नओभर, विपणन, सर्वश्रेष्ठ चिया, मौसम, कर्मचारीहरूको संख्या, उनीहरूको हाजिरा, कार्य अवधि र चिकित्या सुविधाहरूको बारेमा प्रबन्धन अधिकारीले जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement