राज्यपालसॅंग केन्द्रिय कृषि राज्यमन्त्री ठाकुरकाे भेट

n63976151717319512715236aca9951797bd0ac541b42cf786a8caef3a670263fb6fec050ad6a7d7ffdecfd

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग आज केन्द्रिय कृषि एवं कृषक कल्याण राज्यमन्त्री रामनाथ ठाकुरले राजभवनमा शिष्टाचार भेट गरे। केन्द्रिय मन्त्री ठाकुर तीन दिवसीय भ्रमणमा हिजो सिक्किम आइपुगेका हुन्।
राज्यपालसित भएको भेटको क्रममा राज्यको कृषिसित सम्बन्धित धेरै विकासात्मक मुद्दाहरूमाथि चर्चा भयो, जसमा विशेषगरि सिक्किमको जैविक राज्यसित जोडिएका विभिन्न विषयहरू सामेल थिए। यस दिशामा अझ धेरै प्रयास गर्नुपर्ने आवश्यकतामाथि बल दिएको राजभवनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement