सोरेङ: च्याखुङ आँगने डाँडामा पर्यटन स्थल टुरिष्ट भ्यु प्वाइन्ट निर्माणको निम्ति आज भूमिपूजन कार्यक्रम सम्पन्न भयो। स्थानीय जिल्ला पञ्चायत सदस्य दिपक गुरुङ उर्फ किरण गुरुङको उपस्थितिमा भूमिपूजा सम्पन्न गरिएको हो। यस अवसरमा च्याखुङ ग्राम पञ्चायत एकाईका पञ्चायतगण, पञ्चायती राज संस्थानका सहायक निर्देशक प्रमोद तामाङ र गाउँले अनि हितधारकहरुको उपस्थिति रहेको थियो।
उल्लेख्य, आँगने डाँडालाई पर्यटन स्थलको रूपमा विस्तार गर्न जिल्ला पञ्चायत र ग्राम पञ्चायत फण्डबाट निर्माण गरिँदैछ। उक्त स्थानबाट मनमोहन दृश्यहरुलाई अवलोकन गर्न पर्यटनहरु आउने गरेका छन् भने उक्त ठाउँलाई टुरिष्ट भ्यु प्वाइन्टको रूपमा रुपान्तरण गरेपश्चात पर्यटकहरुको निम्ति यस ठाउँ चर्चित गन्तव्य बन्नसक्ने व्यापक सम्भावना रहेको छ।